advertise

Monday 24 December 2018

प्यारी छोरी एन्जल श्रेष्ठको सुर्यदर्शन

हाम्री प्यारी छोरी एन्जल श्रेष्ठको सुर्यदर्शन


नेवारी समाजमा सुर्यदर्शनलाई महिलाको सुर्यदेवसंगको बिबाहको रुपमा मानिन्छ । नेवारी समाजमा पहिलो बिवाह बेलसंग, दोस्रो बिबाह सुर्यसंग गरिने भएकोले लोग्ने मरे पनि विधवा हुनु पर्दैन भन्ने परम्परा रही आएको छ । सुर्यदर्शन महिलाको पहिलोपटक महिनावारी चक्र सुरु हुनु अगावै सम्पन्न गरिन्छ । सुर्य दर्शन पुजाको दौरान महिलालाई आफ्नो दुवै हातका औंलाहरू क्रस गराई सानो प्वालबाट सुर्यको दर्शन गराइन्छ बैज्ञानिक तथ्य अनुसार १५ मिनेट सुर्य दर्शन गर्नाले मानसिक तनावहरु कम भइ आत्मविश्वास बढ्ने गर्दछ । यसले दिमागबाट अनावश्यक सोचाई, अनुभूतिहरुलाई हटाएर आनन्द र परमानन्दको अनुभूति गराउँछ । यसले मानिसभित्र रहेको दिक्क लाग्दो स्वभावलाई उत्साही र प्रबल बनाई निर्णय क्षमता वृद्धि गर्ने गर्दछ । सुर्य दर्शन गर्नाले मानिसको दिमागलाई उर्जावान, आनन्दित, शान्त र एकत्रित बनाउन सहयोग गर्दछ । साथै शरीरमा सकारात्मक उर्जाहरु थपेर स्वस्थ रहन सहयोग गर्दछ ।
Share This
Previous Post
Next Post

नमस्कार मेरो सम्पूर्ण मित्रहरूलाई मेरो नाम "धन कुमार श्रेष्ठ "हो मेरो ठेगाना गण्डकी अञ्चल, तनहुँ जिल्ला, दमौलीमा पर्दछ।यो मेरो आफ्नै बल्ग हो म तपाईंहरूलाई यो बल्ग द्वारा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु,समाचार र शिक्षा मुलुक सामाग्रीहरु प्रस्तुत गर्ने छु जस्तै : शिक्षा मुलुक भन्नाले मैले जानेको कुराहरु तपाइँहरू लाई सिकाउने बुझाउने छु तपाईंहरू कतिपयलाई सायद कम्प्युटर,मोबाईल,इलेक्ट्रोनिक चिजहरुको बारेमा थाहा त होला तर कुनै बेला त्यसमा आउने खराबी वा टेक्निकल कारणहरु बारे थाहा नहुन सक्छ यस्तो अवस्थामा सो खराबीलाई घरमै बसेर आफैले त्यसको समाधान गर्न सकिने तरिकाहरु सिकाउने छु र साथ साथै विभिन्न कुराहरूको बारेमा जानकारीहरु पनि दिने छु यदि तपाईंहरूलाई आवश्यक परेको खण्डमा मलाई सम्पर्क गर्न पनि सक्नुहुनेछ र यो मेरो बल्गमा प्रस्तुत भएका सामाग्रीहरु तपाईंहरूलाई कस्तो लाग्छ कृपया आफ्नो प्रतिक्रियाहरु दिनुहोला।आशा छ यहाँहरुले यो मेरो बल्गमा समाबेश भएका सामाग्रीहरु मनपराइदिनुहुनेछ। धन्यवाद.

0 comments: