advertise

Friday 11 January 2019

मिर्गी वा छारे रोग भनेको के हो र यसको लक्षणहरु के के हुन?

प्रश्नोत्तर !
१. Seizure/Epilepsy/ मिर्गी वा छारे रोग भनेको के हो?
२. Seizure र Epilepsy मा के फरक छ ?
३. Seizure का प्रकार के के हुन?
४. Absence (petit mal) seizure कस्तो हुन्छ ?
५. के बच्चा हुँदा भएको seizure पछि सम्म पनि फर्की रहन्छ ?
६. के seizure को औषधि जिन्दगिभर खानु पर्छ ?
७. मैले औषधि नियमित खाने गर्छु तर पनि seizure भै राख्छ के गर्नु पर्ला ?
८. के यो औषधि बिना अन्य कुनै उपाय छैन ?
९. यदि कसैलाई आँफु अगाडी seizure भएर मुर्छा परेर ढलेको देखे के गर्ने ?
१०. छारे रोगलाई गनाएको मोजा सुँगाउँदा जुरुक्क उठेको देखेको छु l के यसो गर्दा काम गर्छ ?
------------------------------
@Talk2Kalyan
------------------------------
                                                                छारे रोगको लक्षणहरु: 



१. Seizure/Epilepsy/ मिर्गी वा छारे भनेको के हो?
-- हाम्रो शरीरले गर्ने सम्पूर्ण कामहरु बिधुतीय तरंग जस्तो प्रक्रियाबाट चल्छ l दिमागका विभिन्न भागबाट फरक फरक संदेशहरु बिधुतीय तरंग मार्फत शरीरका अन्य भागमा जान्छन् र सोहि अनुरुप हामी कार्य गर्छौं l जस्तै आँखा झिम्कंदा, आँखा खोल्दा वा आँखा दायाँ बायाँ गर्दा फरक फरक खाले बिधुतिए तरंग आएको हुन्छ l हामीले हात मुठ्ठी पार्दा, खोल्दा, हात फैलाउंदा फरक फरक बिधुतीय संकेतले काम गरेको हुन्छ l बास्तबमा शुष्म बिस्लेषण गर्ने हो भने हामी robot जस्तै नै हो तर biological robot. दिमागबाट जाने सम्पूर्ण संदेशहरुलाई दुई भागमा बिभाजन गर्न सकिन्छ l ति हुन्: excitatory (चलाएमान राख्ने/ उत्तेजित गर्ने / केहि काम गराउने) वा inhibitory (रोक्ने/ बन्द गर्ने/ चल्न नदिने l हाम्रो शरीरमा ति excitatory (चलाउने) र inhibitory (रोक्ने) बिधुतिय तरंग सन्तुलित रुपमा रहेका हुन्छन् l बिभिन्न कारणबश कसै-कसैमा त्यो सन्तुलन गुम्छ l कहिले कहीं ति बिधुतिए excitatory (चलाउने/उत्तेजित गर्ने) तरंगहरु यति धेरै एकै पटक दिमागको कुनै एक भागबाट शुरु हुन्छ कि inhibitory (रोक्ने) तरंगले थेग्न सक्दैन l जसले गर्दा अघिल्लो हप्ता video मा देखाएको जस्तो अकस्मात होस गुमेर ढल्ने, शरीरमा झट्का परेको जस्तो हुने, शरीर कस्सिने, मुर्छा पर्ने, झस्कने, ऐंठन हुने आदि हुन्छ l

२. Seizure र Epilepsy मा के फरक छ ?
-- video मा देखाइएको जस्तो लक्षणहरुलाई Seizure भएको भनिन्छ l यदि त्यस्ता Seizure हरु २ भन्दा धेरै भए र कारण पत्ता लाग्न सकेन भने त्यसलाई Epilepsy भनिन्छ l अर्थात् प्रतेक पटक होस गुमेर ढल्ने, शरीरमा झट्का परेको जस्तो हुने, शरीर कस्सिने, मुर्छा पर्ने, झस्कने आदि प्रक्रियालाई seizure activity भनिन्छ र त्यस्तो प्रक्रिया बारम्बार भएमा epilepsy भनिन्छ l

३. Seizure का प्रकार के के हुन?
-- सामान्यतय Seizure लाई दुई भागमा बाढ्न सकिन्छ l Focal Seizure वा partial seizure (दिमागको केहि सानो भागहरुमा मात्र हुने) र Generalized Seizure (दिमागको लगभग सबै भागमा हुने) l
-- सर्बसाधारणलाई यी प्रकार छुट्याउन निकै गार्हो पर्छ तर रोगको उत्पति र उपचार गराउने प्रक्रियाको लागि डाक्टरलाई seizure को प्रकार आवस्येक पर्छ l त्यसैले यदि seizure घरमा कसैलाई हुने गर्छ भने video record गर्न सल्लाह दिन्छु l

४. Absence (petit mal) seizure कस्तो हुन्छ ?
-- Video मा सानो बच्चीलाई यो खाले seizure भएको देखाईएको छ l यस्तो seizure भएको बालबालिका कक्षा कोठामा छन् भने १०-३० सेकण्डसम्म आँखा मात्र झिम्काएर टोलाएर बस्ने र त्यो समय अबधिमा के भयो केहि थाह नपाउने हुन्छ l कति पटक मास्टरहरु यस्ता बिद्यार्थीहरु पढाईमा ध्यान दिन नखोजेको, कक्षाको क्रियाकलापमा सहभागी हुन नसकेको ठान्दछन् l यो प्राय बालबच्चामा हुने भए पनि ठुलामा पनि यस्तो देखिन्छ l यस्तो seizure सामान्य टोलाउने जस्तै हुने गर्छ l फरक छुट्याउनको लागि seizure भैराखेको बेलामा (video मा देखाए जस्तै) नजिकै गएर बोलाउने र हल्लाउने गर्दा पनि उसले होस पाउंदैन l

५. के बच्चा हुँदा भएको seizure पछि सम्म पनि फर्की रहन्छ ?
-- बालकमा खासगरी ६ बर्ष अघिको उमेर भएकाहरुमा ज्वरोको कारण वा बिभिन्न कारणले दिमागमा असर भै seizure हुने गर्छ l प्राय यस्तो बालककालमा भएका केहि seizure हरु फर्किए आउँदैन l तर बंशानुगतका कारण वा अन्य दिमागका दिर्घकालिन समस्या कारण भएको र ६ बर्ष पछि पनि धेरै पटक भै राखेको भए यो पछि पनि फर्किएर आउने धेरै सम्भावना छ l

६. के seizure को औषधि जिन्दगिभर खानु पर्छ ?
-- व्यक्ति अनुसार seizure हरु फरक हुने गर्छन् त्यसैले औषधि जिन्दगिभर खानु पर्छ या पर्दैन भन्ने कुरा तपाईंलाई हेरीराखेको डाक्टर (neurologist) ले मात्र भन्न सक्छन् l सामान्यतय ठुलो हुँदा पनि बारम्बार (१ सालमा २ भन्दा बढी) seizure भएको छ भने जीवनभर औषधि लिनुपर्छ l Seizure को औषधि आफैंले देखाएको डाक्टरको सल्लाह बिना कहिल्यै पनि रोक्ने वा पर्बर्तन गर्नु हुँदैनl DO NOT STOP OR CHANGE MEDICATION WITHOUT YOUR DOCTOR'S APPROVAL. आँफु खुसि औषधि रोक्दा वा तपाईंको पहिलेदेखिको अवस्था नबुझेकोसंग सल्लाहमा औषधि परिबर्तन गर्दा ज्यानै पनि जान सक्छ l

७. मैले औषधि नियमित खाने गर्छु तर पनि seizure भै राख्छ के गर्नु पर्ला ?
-- यस्तो बेलामा seizure हुने बित्तिकै डाक्टर (neurologist) को मा जंचाउन जानु पर्छ l
-- तपाईंले खाएको औषधिको मात्रा रगतमा ठिक मात्रामा छ छैन भनेर जाँच्नु पर्छ l लक्षणमा आएको फरकपन, उमेर र शरीरको तौल अनुसार औषधिको मात्रा बढाउने, अर्को थप्ने वा seizure भएको बेलामा खाने अर्को औषधि थप्नु पर्ने हुन सक्छ l

८. के यो औषधि बिना अन्य कुनै उपाय छैन ?
-- कसै कसैलाई औषधिले उपचार गर्न सकिएन र seizure उत्पत्ती भएको दिमागको भाग पत्ता लगाउन सकियो भने (माथि भनेको Focal Seizure वा partial seizure) भएको खण्डमा दिमागको अपरेशन गरेर यसलाई निको पार्न पनि सकिन्छ l यो अपरेशन निकै खर्चिलो र निकै अप्ठ्यारो हुने हुँदा सबै देशमा (वा सबै ठाउँमा) यसको उपलब्ध नहुन सक्छ l
-- अर्को उपाय भनेको VNS implant हो l छातीको माथिल्लो भागमा सानो उपकरण (चुरोटको बट्टाको लगभग आधा साइजको electrical generator) छाला मुनि राखिन्छ र त्यस generator बाट गएको तारलाई घाँटी नजिक लगेर vagus nerve मा लगेर बेरिन्छ l यो अपरेशन निकै सजिलो, १ घन्टामै सकिने र उही दिन घरमा जान सकिने खालको हुन्छ l जिन्दगिभर औषधि खानु पर्ने र हस्पिटल दौडधुपको हिसाब गर्दा यो निकै सस्तो पर्न आँउछ l यो बिधि नेपालमा सजिलै उपलब्ध छ छैन मलाई थाह भएन l बिदेशमा खासगरी पश्चिमा मुलुकमा बाहिर क्लिनिक्मै यस्तो अपरेशन गरिन्छ l यो VNS implant ले लगभग ३३% लाई पूर्ण रुपमा seizure बन्द गरिदिन्छ, अर्को ३३% लाई १-२ खाले औषधि पनि साथमा लिनु पर्ने हुन्छ तर seizure बन्द हुन्छ l तर अर्को ३३% लाई यसले पूर्ण रुपमा काम गर्दैन l यो विधिको राम्रो कुरा के भन्दा यदि कसैलाई seizure संगै डिप्रेसन पनि भएको छ भने डिप्रेसन केहि मात्रामा भएपनि हल्का गरिदिन्छ l

९. यदि कसैलाई आँफु अगाडी seizure भएर मुर्छा परेर ढलेको देखे के गर्ने ?
-- पहिलो: व्यक्तिलाई सुरक्षित ठाउँमा राख्ने, seizure का कारण टाउको झट्कीएर ढुंगामा वा रोडमा टाउको ठोकिएको छ भने तानेर चौरमा वा नरम ठाउँमा सार्ने l त्यसो गर्न नसके झोला, कपडा, सिरानी वा कुनै नरम सामान टाउको मुनि राखिदिने l
-- दोश्रो: उसलाई एकापट्टि फर्काएर राख्ने, घोप्टो वा उत्तानो नराख्ने l यसले गर्दा मुखमा भएको रियाल वा खाइरहेको कुरा वा भुँडीबाट निस्केको कुरा फोक्सोमा जाँदैन, बाहिर निस्कन्छ l
-- तेस्रो: शान्त भएर नआत्तिकन बिरामीसंगै बस्ने l कति (सेकेन्ड/मिनेट) समय त्यस्तो seizure भयो ख्याल गर्ने l सहयोग गर्ने भन्दा रमिते भएर बस्ने छन् भने उनीहरुलाई त्यहाँबाट हटाउने l
-- चौंथो: प्राय १ मिनेटमा वा बढीमा ३-४ मिनेटमै seizure रोकिन्छ l यदि ५ मिनेट भन्दा पनि धेरै यस्तो भयो भने तुरुन्त नजिकैको हस्पिटलमा लैजाने l
-- पाँचौं: Seizure लगत्तै शरीर निकै थकित हुने गर्छ l केहिबेर बिरामी निदाउन पनि सक्छ l ऊ उठेपछि उसले औषधि खाएको वा नखाएको सोध्नुस् र नखाएको भय खान लगाउनुस वा हस्पिटलमा लैजानुस l

१०. छारे रोगलाई गनाएको मोजा सुँगाउँदा जुरुक्क उठेको देखेको छु l के यसो गर्दा काम गर्छ ?
-- Seizure धेरैलाई ३० सेकण्ड देखि १ मिनेटसम्म हुने गर्छ l त्यसपछि बिरामी थकित भएका कारण निदाएको हुन्छ र अर्धचेत अवस्थामा भएको हुन्छ l जसरी हामी सुतेको बेलामा हाम्रो नाकमै ल्याएर गनाएको कुरा सुँगाउँदा उठ्छौं, उनीहरु पनि त्यसरी नै उठेका हुन l गनाएको मोजा सुँगाउँदा सन्चो भएको होइन l
-------------------------
@Talk2Kalyan
-------------------------
Share This
Previous Post
Next Post

नमस्कार मेरो सम्पूर्ण मित्रहरूलाई मेरो नाम "धन कुमार श्रेष्ठ "हो मेरो ठेगाना गण्डकी अञ्चल, तनहुँ जिल्ला, दमौलीमा पर्दछ।यो मेरो आफ्नै बल्ग हो म तपाईंहरूलाई यो बल्ग द्वारा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु,समाचार र शिक्षा मुलुक सामाग्रीहरु प्रस्तुत गर्ने छु जस्तै : शिक्षा मुलुक भन्नाले मैले जानेको कुराहरु तपाइँहरू लाई सिकाउने बुझाउने छु तपाईंहरू कतिपयलाई सायद कम्प्युटर,मोबाईल,इलेक्ट्रोनिक चिजहरुको बारेमा थाहा त होला तर कुनै बेला त्यसमा आउने खराबी वा टेक्निकल कारणहरु बारे थाहा नहुन सक्छ यस्तो अवस्थामा सो खराबीलाई घरमै बसेर आफैले त्यसको समाधान गर्न सकिने तरिकाहरु सिकाउने छु र साथ साथै विभिन्न कुराहरूको बारेमा जानकारीहरु पनि दिने छु यदि तपाईंहरूलाई आवश्यक परेको खण्डमा मलाई सम्पर्क गर्न पनि सक्नुहुनेछ र यो मेरो बल्गमा प्रस्तुत भएका सामाग्रीहरु तपाईंहरूलाई कस्तो लाग्छ कृपया आफ्नो प्रतिक्रियाहरु दिनुहोला।आशा छ यहाँहरुले यो मेरो बल्गमा समाबेश भएका सामाग्रीहरु मनपराइदिनुहुनेछ। धन्यवाद.

0 comments: