advertise

Tuesday 15 January 2019

मन पराउने हजार भेटिन्छन Full Karaoke with lyrics



शब्द : कालीप्रसाद रिजाल 
स्वर : रामकृष्ण ढकाल
संगीत : सम्भुजीत बासकोटा
एल्बम : आशा





मन पराउने हजार भेटिन्छन जूनी काट्ने एउटै हुन्छ x2

जति रूवाओस् धरधरी रूवाओस् x2
आफ्नो मान्छे आफ्नै हुन्छ x2

मन पराउने हजार भेटिन्छन जूनी काट्ने एउटै हुन्छ

जति भुलुँ शहरको रमझममा मन त आफ्नो गाउँमै हुन्छ x2
साथी सुखमा हजार भेटिन्छन् दुख बाँड्ने एउटै हुन्छ
(दुख बाँड्ने एउटै हुन्छ)

मन पराउने हजार भेटिन्छन जूनी काट्ने एउटै हुन्छ

अब भूल गर्दिन भन्छु मान्छे हुँ गल्ती नै हुन्छ x2
मेरो भगवानले सब माफ दियो देउता भन्नु देउतै हुन्छ
(देउता भन्नु देउतै हुन्छ)

मन पराउने हजार भेटिन्छन जूनी काट्ने एउटै हुन्छ x2
जति रूवाओस् धरधरी रूवाओस् x2
आफ्नो मान्छे आफ्नै हुन्छ x2


Share This
Previous Post
Next Post

नमस्कार मेरो सम्पूर्ण मित्रहरूलाई मेरो नाम "धन कुमार श्रेष्ठ "हो मेरो ठेगाना गण्डकी अञ्चल, तनहुँ जिल्ला, दमौलीमा पर्दछ।यो मेरो आफ्नै बल्ग हो म तपाईंहरूलाई यो बल्ग द्वारा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु,समाचार र शिक्षा मुलुक सामाग्रीहरु प्रस्तुत गर्ने छु जस्तै : शिक्षा मुलुक भन्नाले मैले जानेको कुराहरु तपाइँहरू लाई सिकाउने बुझाउने छु तपाईंहरू कतिपयलाई सायद कम्प्युटर,मोबाईल,इलेक्ट्रोनिक चिजहरुको बारेमा थाहा त होला तर कुनै बेला त्यसमा आउने खराबी वा टेक्निकल कारणहरु बारे थाहा नहुन सक्छ यस्तो अवस्थामा सो खराबीलाई घरमै बसेर आफैले त्यसको समाधान गर्न सकिने तरिकाहरु सिकाउने छु र साथ साथै विभिन्न कुराहरूको बारेमा जानकारीहरु पनि दिने छु यदि तपाईंहरूलाई आवश्यक परेको खण्डमा मलाई सम्पर्क गर्न पनि सक्नुहुनेछ र यो मेरो बल्गमा प्रस्तुत भएका सामाग्रीहरु तपाईंहरूलाई कस्तो लाग्छ कृपया आफ्नो प्रतिक्रियाहरु दिनुहोला।आशा छ यहाँहरुले यो मेरो बल्गमा समाबेश भएका सामाग्रीहरु मनपराइदिनुहुनेछ। धन्यवाद.

0 comments: