advertise

Sunday 2 December 2018

किन खुल्न सकेन मलेसियाको रोजगारी ? यस्तो छ कारण

मङ्सिर १७, काठमाडौं  — श्रम समझदारी भएको एक महिनाभन्दा बढी हुँदा पनि मलेसियाको रोजगारी खुल्न सकेको छैन। यसको मुख्य कारण हो — ‘जुँगाको लडाइँ।’
कामदार निःशुल्क पठाउने समझदारी गरेका मन्त्री गोकर्ण विष्टबाट अवसरको फाइदा लिन केही व्यवसायीले चलखेलसमेत सुरु गरेका छन्। ‘कारबाही गरेका’ संरचनाका ठाउँमा आउने बाटो बनाउन तिनले दबाब दिने गरेको स्रोतले बतायो।
बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थाले अनावश्यक पैसा उठाएको भन्दै मन्त्रालयले जेठमा कारबाही गरेको थियो। मन्त्री विष्टकै निर्देशनमा तीमध्ये अधिकांशका सञ्चालक पक्राउ परेका थिए। तिनको मुद्दा विचाराधीन छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।
कात्तिक १२ गते श्रम समझदारी गर्दा मलेसियाले ती संरचना हटाउन मानेन। बरु सबैमा गरी लाग्ने करिब १८ हजार रुपैयाँ आफ्नै देशका रोजगारदातालाई तिराउन राजी भयो। त्यसलाई स्वीकार्न बाध्य भएका मन्त्री विष्टले तिनका ठाउँमा नयाँ व्यवसायी भित्र्याउन चाहेको मन्त्रालय स्रोतले बतायो। यो आकर्षक कमाइ हुने व्यवसाय हो।
स्रोतका अनुसार भीएलएन र ओएससीका लागि पूजा चन्द ठकुरी, आईएससीका लागि सन्तोष कार्की र बायोमेट्रिक मेडिकलमा रघु पुरीलगायत केही व्यवसायी वैकल्पिक अवसरको दाउमा छन्। चन्द ऊर्जा व्यवसायी हुन्। पुरीको दि रिभर ओभरसिज बढी उजुरी पर्ने म्यानपावरमा पर्छ।
Share This
Previous Post
Next Post

नमस्कार मेरो सम्पूर्ण मित्रहरूलाई मेरो नाम "धन कुमार श्रेष्ठ "हो मेरो ठेगाना गण्डकी अञ्चल, तनहुँ जिल्ला, दमौलीमा पर्दछ।यो मेरो आफ्नै बल्ग हो म तपाईंहरूलाई यो बल्ग द्वारा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु,समाचार र शिक्षा मुलुक सामाग्रीहरु प्रस्तुत गर्ने छु जस्तै : शिक्षा मुलुक भन्नाले मैले जानेको कुराहरु तपाइँहरू लाई सिकाउने बुझाउने छु तपाईंहरू कतिपयलाई सायद कम्प्युटर,मोबाईल,इलेक्ट्रोनिक चिजहरुको बारेमा थाहा त होला तर कुनै बेला त्यसमा आउने खराबी वा टेक्निकल कारणहरु बारे थाहा नहुन सक्छ यस्तो अवस्थामा सो खराबीलाई घरमै बसेर आफैले त्यसको समाधान गर्न सकिने तरिकाहरु सिकाउने छु र साथ साथै विभिन्न कुराहरूको बारेमा जानकारीहरु पनि दिने छु यदि तपाईंहरूलाई आवश्यक परेको खण्डमा मलाई सम्पर्क गर्न पनि सक्नुहुनेछ र यो मेरो बल्गमा प्रस्तुत भएका सामाग्रीहरु तपाईंहरूलाई कस्तो लाग्छ कृपया आफ्नो प्रतिक्रियाहरु दिनुहोला।आशा छ यहाँहरुले यो मेरो बल्गमा समाबेश भएका सामाग्रीहरु मनपराइदिनुहुनेछ। धन्यवाद.

0 comments: