advertise

Thursday 16 June 2022

मलेसिया बाट आफ्नै साथिको सम्पुर्ण सामान चोरेर फरार

१५ जुन २०२२ बुधबारको दिन म बिरामी छु डिउटी जान सक्दिन भनी बाहाना बनाइ कोठामै सुतेर बसेको र दिउसो कोही नभएको मौका छोपी आफ्नै सहकर्मी साथी तनहुँ जिल्ला दमौली घर भैइ हाल मलेसियामा सुरक्षागार्डमा कार्यरत धन कुमार श्रेष्ठको घर लैजान भनी किनेको Redmi 32" Smart Tv,घरपरिवारलाई किनेको सम्पुर्ण लत्ताकपडा,पर्फ्युम गरि कुल नेपाली ४० हजार जतिको समान लिएर फरार रहेको छ निज चोरको नाम चन्द्र हाङ चेमजोङ उमेर ३१ बर्षको स्थाइ ठेगाना स्याबरुम्बा -४,पाँचथर भैइ हाल झिलझिले झापामा बसोबास गर्दै आएको निज हाल फरार रहेको र मलेसिया स्थित नेपाल राजदुतावासमा सम्पर्क गर्दा १६ जुन बिहिवार बिहान बिहान ४.३० बजेको हिमालय एयरलाइन्स बाट नेपाल गएको जानकारी आएकोले कृपया देख्नु हुने कसैले पनि नजिकैको प्रहरी कार्यालय वा 9846416101 वा 9851185331 मा सम्पर्क गरिदिनुहुन अनुरोध गर्दछौं। साथै यो समाचार सबैले सक्दो सेयर गरेर चोरको परिवार तथा आफन्तहरु समक्ष पुर्याउन मद्दत गर्नुहोला ताकी यसरी बिदेशमा दु:ख गरेको कमाएको पैसा खाएर कोहिपनी उम्कन नपाओस। धन्यवाद       फरार अभियुक्तको सम्पूर्ण कागजातहरु:
Share This
Previous Post
Next Post

नमस्कार मेरो सम्पूर्ण मित्रहरूलाई मेरो नाम "धन कुमार श्रेष्ठ "हो मेरो ठेगाना गण्डकी अञ्चल, तनहुँ जिल्ला, दमौलीमा पर्दछ।यो मेरो आफ्नै बल्ग हो म तपाईंहरूलाई यो बल्ग द्वारा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु,समाचार र शिक्षा मुलुक सामाग्रीहरु प्रस्तुत गर्ने छु जस्तै : शिक्षा मुलुक भन्नाले मैले जानेको कुराहरु तपाइँहरू लाई सिकाउने बुझाउने छु तपाईंहरू कतिपयलाई सायद कम्प्युटर,मोबाईल,इलेक्ट्रोनिक चिजहरुको बारेमा थाहा त होला तर कुनै बेला त्यसमा आउने खराबी वा टेक्निकल कारणहरु बारे थाहा नहुन सक्छ यस्तो अवस्थामा सो खराबीलाई घरमै बसेर आफैले त्यसको समाधान गर्न सकिने तरिकाहरु सिकाउने छु र साथ साथै विभिन्न कुराहरूको बारेमा जानकारीहरु पनि दिने छु यदि तपाईंहरूलाई आवश्यक परेको खण्डमा मलाई सम्पर्क गर्न पनि सक्नुहुनेछ र यो मेरो बल्गमा प्रस्तुत भएका सामाग्रीहरु तपाईंहरूलाई कस्तो लाग्छ कृपया आफ्नो प्रतिक्रियाहरु दिनुहोला।आशा छ यहाँहरुले यो मेरो बल्गमा समाबेश भएका सामाग्रीहरु मनपराइदिनुहुनेछ। धन्यवाद.

0 comments: