advertise

Saturday 30 December 2023

राहुल श्रेष्ठको याद नामक म्युजिक भिडियो सार्वजनिक

 
 पौष १४ गते शनिबार आज "याद" नामक म्युजिक भिडियो युटुबमा सार्वजनिक गरिएको छ।सो म्युजिक भिडियोमा गायक राहुल श्रेष्ठ र र्यापर टोक्सिकेट भिनोमले आवाज दिएका छन् भने सो गितको शब्द,संगित र भिडियो निर्देशन अनि सम्पादन भने स्वयं राहुल श्रेष्ठले गरेका हुन् र भिडियो Toxicated Venom युटुब च्यानलबाट प्रीमियर गरिएको थियो यस म्युजिक भिडियो ASRD Music Studio को ब्यानरमा बनेको थियो म्युजिक भिडियोको छायांकन भने तनहुँको बन्दिपुरमा गरिएको थियो।जे होस् उनिहरुलाई सफलताको शुभकामना म्युजिक भिडियोले मिलियन भ्युज पुर्याउन सफल होस्।

Friday 3 March 2023

मायाँ त मायाँ हो- (नेपाली चलचित्र चिनो) पूरा अडियो नेपाली लिरिक्स सहित

"माया त माया हो" ➤ Singer – Narayan Gopal & Asha Bhosle ➤ Music – Ranjeet Gajamer ➤ Lyricist – Kusum Gajamer ➤ Editor – Binay Dahal
नेपाली चलचित्र चिनो

तिम्रो मनमा लुकेको कुरा नभने पनी भुलिदिने लाई सम्झीदिने लाई (माया त माया हो)-२ तिम्रो मनमा लुकेको कुरा नभने पनी भुलिदिने लाई सम्झीदिने लाई (माया त माया हो)-२ म्युजिक सम्झना छेक्छ एकान्तमा निन्द्रामा सपना भैइ बतास गाउछ मोहनी गीत मायाको कथा भैइ बिर्सन खोज्छु बाडुली लाग्छ मन यो चंचल भैइ हो भुलिदिने लाई सम्झीदिने लाई (माया त माया हो)-२ म्युजिक हा आ........हा आ...........हा.....हा वारि र पारी दुइ किनार माझ यो खोला बग्दछ तिम्रो र मेरो दुइ मुटु माझ यो माया अल्झेछ खोला भएर जहाँ बगे पनी किनार झै साथ रहने छु हो भुलिदिने लाई सम्झीदिने लाई (माया त माया हो)-२ म्युजिक जन्म हे जन्म पुनर्जन्म म फेरि जन्मुला जन्म हे जन्म पुनर्जन्म म पनी जन्मुला म तिम्रो लागि म तिम्रो लागि फेरी जन्म लिउला हो भुलिदिने लाई सम्झीदिने लाई (माया त माया हो)-२ तिम्रो मनमा लुकेको कुरा नभने पनी भुलिदिने लाई सम्झीदिने लाई (माया त माया हो)-२

Thursday 16 June 2022

मलेसिया बाट आफ्नै साथिको सम्पुर्ण सामान चोरेर फरार

१५ जुन २०२२ बुधबारको दिन म बिरामी छु डिउटी जान सक्दिन भनी बाहाना बनाइ कोठामै सुतेर बसेको र दिउसो कोही नभएको मौका छोपी आफ्नै सहकर्मी साथी तनहुँ जिल्ला दमौली घर भैइ हाल मलेसियामा सुरक्षागार्डमा कार्यरत धन कुमार श्रेष्ठको घर लैजान भनी किनेको Redmi 32" Smart Tv,घरपरिवारलाई किनेको सम्पुर्ण लत्ताकपडा,पर्फ्युम गरि कुल नेपाली ४० हजार जतिको समान लिएर फरार रहेको छ निज चोरको नाम चन्द्र हाङ चेमजोङ उमेर ३१ बर्षको स्थाइ ठेगाना स्याबरुम्बा -४,पाँचथर भैइ हाल झिलझिले झापामा बसोबास गर्दै आएको निज हाल फरार रहेको र मलेसिया स्थित नेपाल राजदुतावासमा सम्पर्क गर्दा १६ जुन बिहिवार बिहान बिहान ४.३० बजेको हिमालय एयरलाइन्स बाट नेपाल गएको जानकारी आएकोले कृपया देख्नु हुने कसैले पनि नजिकैको प्रहरी कार्यालय वा 9846416101 वा 9851185331 मा सम्पर्क गरिदिनुहुन अनुरोध गर्दछौं। साथै यो समाचार सबैले सक्दो सेयर गरेर चोरको परिवार तथा आफन्तहरु समक्ष पुर्याउन मद्दत गर्नुहोला ताकी यसरी बिदेशमा दु:ख गरेको कमाएको पैसा खाएर कोहिपनी उम्कन नपाओस। धन्यवाद       फरार अभियुक्तको सम्पूर्ण कागजातहरु:

Friday 31 July 2020

अहिले बिश्व भरिनै चलिरहेको Pi Network के हो? र यसबाट कसरी पैसा कमाउन सकिन्छ?



#अहिले_चलिरहेको PI network के हो?
यसबाट के फाइदा हुन्छ ? PI network संसार भर अहिले ट्रेंडिंग मा रहेको  Bitcoin जस्तै Disital Currency Ho ! 1 Bitcoin को आहिलेको   exchange rate= $9000  हारा हारीमा छ । भबीस्यमा pi currency को पनि मूल्य बढने सम्भावना छ ।

यो आगामी 2021 March देखी आउन लागेको Pi डिजिटल पैसा अर्थात क्रिप्टोकरेन्सी सञ्चालनमा ल्याउने प्रोजेक्ट हो, जसको अहिले दोस्रो चरण चलिरहेको छ । यो हाम्रो हातमा रहेको मोबाईल बाटै नीसुल्क कमाउन (Mining) सकिने पहिलो क्रिप्टोकरेन्सी हो । यो स्टान्फोर्ड युनिभर्सिटीका 3 जना PhD होल्डर क्रिप्टोकरेन्सी प्रोफेसरहरुको योजनामा सुरु भएको प्रोजेक्ट हो । यसमा अहिले लगभग 60  लाख मनिसहरु जोडीएका छन ।

2. लगानी कति लाग्छ ?
Pi Network बिल्कुलै नि:शुल्क हो र यसको App एन्ड्रोइडको Play Store र Apple को App Store बाट Install गरेर चलाऊन सकिन्छ ।

3. कसरी सुरु गर्ने ?
यो play store or appstore bata  Install गरिसके पछि आफ्नो फेसबुक को माद्यम बाट log in गर्न सकिन्छ । र rejister गर्दा आफ्नो नागरीकतामा भयेको नाम अनुसार राखदा वा FECE BOOK ID अनुसार राखन सकिन्छ ।

4. के हो Invitation Code ?
यो Network मा सबै जना एक अर्कामा जोडीनु पर्ने भएकोले कोही नयाँ व्यक्ती जोडीनको लागि निम्तोको आवश्यकता पर्छ त्यसैले मेरो Invitation Code: dhanks प्रयोग गर्न सक्नु हुन्छ ।

5. मोबाईल बिगार्छ की ?
यो App आफ्नो मोबाईलमा राखेर Mining सुरु गरिसके पछि फेरि 24-24 घण्टामा पुन: सुचारु गर्नु पर्छ, नत्र कमाई रोकिएर बस्छ । यो हाम्रो मोबाईलमा चल्ने भएता पनि यसले मोबाईललाई ह्याङ गर्ने वा बेटरी सिध्याउने जस्ता कुनै प्रकारको हानी गर्दैन र तपाईंको मोबाईलमा भएको data चलाऊने अनुमती पनि माग्दैन ।

6. कहिले साट्न वा बेच्न पाईन्छ ?
यो प्रोजेक्ट अहिले दोस्रो चरणमा मात्रै भएकोले अहिले यसमा कमिएको पैसा साट्न वा समान खरिद गर्न वा यसको खरिद-बिक्री गर्न सकिँदैन तर तेस्रो चरण अर्थात आगामी वर्ष 2021 मार्च 14 (Pi Day) देखि भने पूर्ण रूपले कारोबार गर्न र खरिद-बिक्री गर्न पनि सकिनेछ ।

7. कती कमिन्छ ?
यदी अहिले देखि सुरु गरेर mining गर्न थाल्ने हो भने आगामी 2021 मार्च अगाडी कम्तिमा दैनिक 6Pi को दरले 1800Pi कमाउन सकिन्छ र जानकारहरुका अनुसार 1 Pi = US$3 देखि US$10 अर्थात अहिलेको दरमा रु.260.00 देखि रु. 1200.00 नेपाली रुपैयाँ पर्ने अनुमान गरेका छन । त्यो त्यस बेलाको अवस्थाले बताउनेछ । तर अहिले भने Coingecko भन्ने exchange Website ले 1Pi = $0.35 अर्थात रु. 40.00 मा कारोबार गरिरहेको देखिएको छ ।

अब ज-जस्ले सुरु गर्नु भएको छैन तत्कालै सुरु गर्नु होस् र ज-जस्ले सुरु गर्नु भएको छ, नबिर्सी 24-24 घण्टामा सुचारु राख्नुहोस् ।
Invitation Code:dhanks  ले तपाईं हामीलाई एक अर्कामा जोड्न सहज हुन्छ।google ma Pi cryptocurrency भनेर सर्च गर्न मिल्छ। I am sending you 1π! Pi is a new digital currency developed by Stanford PhDs, with over 6 million members worldwide. To claim your Pi, follow this link https://minepi.com/dhanks and use my username : dhanks as your invitation code.

एप डाउनलोड गर्न यश लिन्कमा किल्क गर्नुहोस्
https://play.google.com/store/apps/details?id=com.blockchainvault

Tuesday 26 February 2019

तनहुँ दमौलीका मोडल समिम खानको पहिलो बलिउड म्युजिक भिडियो सार्वजनिक

      दमौली - भारतको लोकप्रिय जी टेलिभिजन नेटवर्कको जी म्युजिक टिमले नेपालमा छायांकन गरेको ‘कुछ तो हे...’ गीत रिलिज गरेको छ। गीतको म्युजिक भिडियोमा तनहुँ दमौलीका नेपाली मोडल समिम खानको अभिनय रहेको छ।

ज्योतिका टाङ्ग्री र राहुल मिश्रको स्वरमा रहेको गीतमा अजय जैसवालको संगीत र राशी महेश्वरीको शब्द रहेको छ। स्वाप्निल जैसवालले निर्देशन गरेको म्युजिक भिडियोमा कृष्ण रसालको कोरियोग्राफी र पवन गौतमको सिनेमेट्रोगाफी रहेको छ।

जी म्युजिक कम्पनीको युट्युब च्यानलबाट  १७ जनवरीमा सार्वजनिक गीतमा नेपाली मोडल समिम खान र श्रृष्टि खड्काको अभिनय रहेको छ। खान म्यान हन्ट इन्टरनेशन्ल नेपाल २०१६ का बिजेता हुन्। उनले यसै गीतमार्फत बलिउड संगीतमा डेब्यु गरेका हुन्।

जी टिभीको तर्फबाट नेपाली निर्माता राजन जैन यसमा संलग्न छन्। गायिका ज्योतिका टाङ्ग्री आफै पनि गीतमा नाचेकी छिन। एक महिना पहिले पनि आफ्नो कन्सर्टमा नेपाल आएकी टाङ्ग्री नेपालको प्राकृतिक सुन्दरताले लोभ्याएको बताउछिन। ‘हिन्दी संगीतलाई माया गर्ने नेपाली धेरै छन’, टाङ्डी थप्छिन्, ‘हामी नेपालीलाई यहि गुन तिर्न पनि चाहन्छौं।’

नेपाली प्राबिधिक, कालाकार र समग्रमा नेपाली कला उद्योगलाई जी टिभी नेटवर्कसँग जोडेर अझ अगाडि बढाउन नेपालमा आएको निर्देशक स्वाप्निल जैसवालले बताए। प्रतिभाशाली नेपाली कलाकारसँग काम गर्न आफूहरु आतुर रहेको उनको भनाई छ। Lyrics- Mano ya na Mano Kuch to hai Tere mere darmiya Ishq to hai Mano ya na Mano Kuch to hai Tere mere darmiya Ishq to hai Wajah nahi Bewajah yeh hai Tere mere darmiya Kuch to hai Ooo... Mano ya na Mano Kuch to hai Tere mere darmiya Ishq to hai Sanso ka bin Tere guzara nahi Pal bhar bhi dil Yeh sambhalta nahi Sanso ka bin Tere guzara nahi Pal bhar bhi dil Yeh sambhalta nahi Hua kya ise Koi Bata de mujhe Yeh tu hai ya Kuch bhi nahi Wajah nahi Bewajah yeh hai Tere mere darmiya Kuch to hai Ooo... Mano ya na Mano Kuch to hai Tere mere darmiya Ishq to hai Aankho ko meri Zarurat hai Teri Tere bina meri Zindagi adhuri Aankho ko meri Zarurat hai Teri Tere bina meri Zindagi adhuri Ruh ko meri Aadat Teri Yeh tu hai ya Kuch bhi nahi Wajah nahi Bewajah yeh hai Tere mere darmiya Kuch to hai Ooo... Mano ya na Mano Kuch to hai Tere mere darmiya Ishq to hai Ooo... Mano ya na Mano Kuch to hai Tere mere darmiya Ishq to hai... --

Tuesday 15 January 2019

मन पराउने हजार भेटिन्छन Full Karaoke with lyrics



शब्द : कालीप्रसाद रिजाल 
स्वर : रामकृष्ण ढकाल
संगीत : सम्भुजीत बासकोटा
एल्बम : आशा





मन पराउने हजार भेटिन्छन जूनी काट्ने एउटै हुन्छ x2

जति रूवाओस् धरधरी रूवाओस् x2
आफ्नो मान्छे आफ्नै हुन्छ x2

मन पराउने हजार भेटिन्छन जूनी काट्ने एउटै हुन्छ

जति भुलुँ शहरको रमझममा मन त आफ्नो गाउँमै हुन्छ x2
साथी सुखमा हजार भेटिन्छन् दुख बाँड्ने एउटै हुन्छ
(दुख बाँड्ने एउटै हुन्छ)

मन पराउने हजार भेटिन्छन जूनी काट्ने एउटै हुन्छ

अब भूल गर्दिन भन्छु मान्छे हुँ गल्ती नै हुन्छ x2
मेरो भगवानले सब माफ दियो देउता भन्नु देउतै हुन्छ
(देउता भन्नु देउतै हुन्छ)

मन पराउने हजार भेटिन्छन जूनी काट्ने एउटै हुन्छ x2
जति रूवाओस् धरधरी रूवाओस् x2
आफ्नो मान्छे आफ्नै हुन्छ x2


Saturday 12 January 2019

यी ५ समस्या भएका ब्याक्तीहरुले लसुन खादै नखानुहोस्.

      भनिन्छ लसुन अमृत समान हो तर पनि लसुन यो अवस्थामा नखानु राम्रो हुनेछ.....जानिराखौ

लसुनले हाम्रो खानालाई मीठो बनाउन मात्रै   होइन, यसमा पाइने धेरै किसिमका पौष्टिक तत्वहरूले हाम्रो
शरीरलाई स्वस्थ बनाइराख्न पनि धेरै मद्दत गर्दछ। लसुनको नियमित सेवनले स्वास्थ्यमा सुधार आउनेमात्रै होइन, केही खतरनाक शारीरिक समस्या र रोगहरूबाट पनि बचाउन सक्दछ।

तर, यदि तपाईँ निम्न ५ किसिमका मानिसहरूमा पर्नुहुन्छ भने, लसुनजस्तो स्वस्थवर्दक कुरा खाँदा विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ।

लसुनको सेवन गर्न नहुने ५ किसिमका मानिसहरूः

१. कलेजोको समस्या भएको व्यक्ति

ब्याक्टेरियालाई मार्ने एन्टिब्याक्टेरियल र एन्टिभाइरल खानेकुरा भएकोले, मानिसहरूले लसुन खाँदा हेपाटाइटिसलाई ठीक गर्दछ भन्ने विश्वास गर्दछन्। हेपाटाइटिस यस्तो रोग हो, जसले मानिसको कलेजोलाई असर गर्दछ। तर, हेपाटाइटिस भाइरसको उपचारको लागि लसुन खानु उचित हुँदैन। किनभने, लसुनको सेवनले पेट र आन्द्रामा प्रत्यक्ष प्रभाव पर्दछ, जसले हाम्रो आन्द्रामा पैदा हुने ग्यास्ट्रिक एसिडको मात्रालाई कम गर्दछ। जसको कारण हाम्रो पाचन प्रणालीमा नकारात्मक असर पर्दछ। यसले बान्ता हुने, रिङ्गटा लाग्ने जस्ता लक्षणहरू निम्त्याउँदछ। त्यसैले हेपाटाइटिस हुनेहरूले लसुनको सेवन नगर्नुहोस्।

२. झाडापखाला लागेको व्यक्ति

झाडापखालाले ग्रसित भएको व्यक्तिले लसुनको सेवन गरेमा, यसको पीरो स्वादले आन्द्रालाई नकारात्मक असर पुर्याउँदछ, जसको कारण आन्द्रामा घाउ हुन जान्छ र यस्तो अवस्थालाई ‘इन्टेस्टाइनल म्युकोसल हाइपरिमिया’ (Intestinal Mucosal Hyperemia) भनिन्छ। यस्तो अवस्था हुँदा, दिशा गर्दा कडा पेट दुख्ने, दिशामा रगत देखिने, रिङ्गटा लाग्ने र बान्ता हुने जस्ता लक्षणहरू देखा पर्दछन्। त्यसैले, झाडापखाला लाग्दा लसुनको सेवन नगर्नुहोस्।

३. सर्जरी गर्न लागेको व्यक्ति

कुनै पनि किसिमको सर्जरी गर्नुभन्दा २ हप्ता अगाडि देखि लसुन खान छोड्नुपर्दछ। किनभने, लसुनले गर्दा सर्जरी पछि रगत नजम्ने हुन्छ र घाउ बिस्तारै पाकेर सङ्क्रमित हुने गर्दछ।

४. कम रक्तचाप भएको व्यक्ति

लसुनको सेवनले शरीरमा नाइट्रिक अक्साइड र हाइड्रोजन सल्फाइड जस्ता रसायनहरूको निर्माणमा मद्दत पुर्याउँदछ। यी रसायनहरूले मुटुको धमनीहरूलाई आराम दिने गर्दछन्। उच्च रक्तचाप हुनेहरूको लागि लसुन फाइदाजनक हुन्छ तर कम रक्तचाप हुनेहरूको लागि भने लसुनको सेवन खतरनाक हुन जान्छ

५. आँखा रोग भएको व्यक्ति

आँखा रोगीहरूले लसुनको सेवन गर्नुहुँदैन। विशेष गरी आँखा पाकेको व्यक्तिलाई लसुनले हानी पुर्याउने गर्दछ, साथै आँखाबाट रगत पनि निकाल्न सक्दछ। आँखा रोगीहरूले लसुनको सेवन गरेमा आँखामा बादल लागेजस्तो हुने, आँखा दुख्ने, टाउको दुख्ने, स्मरण शक्ति घट्दै जाने जस्ता लक्षणहरू देखा पर्दछन्।

त्यसैले, यदि तपाईँ पनि यी ५ किसिमका व्यक्तिहरूमा पर्नुहुन्छ भने आजैदेखि लसुनको सेवन गर्न छोडिदिनुहोस्। साधारण स्वास्थ्य स्थिती भएका व्यक्तिहरूको लागि लसुन फाइदाजनक भएपनि, माथिका ५ किसिमका मानिसहरूको लागि लसुन खतरनाक हुन सक्छ। तर यदि गल्तीले लसुनको सेवन गर्नुभयो र समस्या आउन थाल्यो भने तुरुन्तै स्वास्थ्य चौकी जानुहोस् र उपचार गराउनुहोस्।

Friday 11 January 2019

मिर्गी वा छारे रोग भनेको के हो र यसको लक्षणहरु के के हुन?

प्रश्नोत्तर !
१. Seizure/Epilepsy/ मिर्गी वा छारे रोग भनेको के हो?
२. Seizure र Epilepsy मा के फरक छ ?
३. Seizure का प्रकार के के हुन?
४. Absence (petit mal) seizure कस्तो हुन्छ ?
५. के बच्चा हुँदा भएको seizure पछि सम्म पनि फर्की रहन्छ ?
६. के seizure को औषधि जिन्दगिभर खानु पर्छ ?
७. मैले औषधि नियमित खाने गर्छु तर पनि seizure भै राख्छ के गर्नु पर्ला ?
८. के यो औषधि बिना अन्य कुनै उपाय छैन ?
९. यदि कसैलाई आँफु अगाडी seizure भएर मुर्छा परेर ढलेको देखे के गर्ने ?
१०. छारे रोगलाई गनाएको मोजा सुँगाउँदा जुरुक्क उठेको देखेको छु l के यसो गर्दा काम गर्छ ?
------------------------------
@Talk2Kalyan
------------------------------
                                                                छारे रोगको लक्षणहरु: 



१. Seizure/Epilepsy/ मिर्गी वा छारे भनेको के हो?
-- हाम्रो शरीरले गर्ने सम्पूर्ण कामहरु बिधुतीय तरंग जस्तो प्रक्रियाबाट चल्छ l दिमागका विभिन्न भागबाट फरक फरक संदेशहरु बिधुतीय तरंग मार्फत शरीरका अन्य भागमा जान्छन् र सोहि अनुरुप हामी कार्य गर्छौं l जस्तै आँखा झिम्कंदा, आँखा खोल्दा वा आँखा दायाँ बायाँ गर्दा फरक फरक खाले बिधुतिए तरंग आएको हुन्छ l हामीले हात मुठ्ठी पार्दा, खोल्दा, हात फैलाउंदा फरक फरक बिधुतीय संकेतले काम गरेको हुन्छ l बास्तबमा शुष्म बिस्लेषण गर्ने हो भने हामी robot जस्तै नै हो तर biological robot. दिमागबाट जाने सम्पूर्ण संदेशहरुलाई दुई भागमा बिभाजन गर्न सकिन्छ l ति हुन्: excitatory (चलाएमान राख्ने/ उत्तेजित गर्ने / केहि काम गराउने) वा inhibitory (रोक्ने/ बन्द गर्ने/ चल्न नदिने l हाम्रो शरीरमा ति excitatory (चलाउने) र inhibitory (रोक्ने) बिधुतिय तरंग सन्तुलित रुपमा रहेका हुन्छन् l बिभिन्न कारणबश कसै-कसैमा त्यो सन्तुलन गुम्छ l कहिले कहीं ति बिधुतिए excitatory (चलाउने/उत्तेजित गर्ने) तरंगहरु यति धेरै एकै पटक दिमागको कुनै एक भागबाट शुरु हुन्छ कि inhibitory (रोक्ने) तरंगले थेग्न सक्दैन l जसले गर्दा अघिल्लो हप्ता video मा देखाएको जस्तो अकस्मात होस गुमेर ढल्ने, शरीरमा झट्का परेको जस्तो हुने, शरीर कस्सिने, मुर्छा पर्ने, झस्कने, ऐंठन हुने आदि हुन्छ l

२. Seizure र Epilepsy मा के फरक छ ?
-- video मा देखाइएको जस्तो लक्षणहरुलाई Seizure भएको भनिन्छ l यदि त्यस्ता Seizure हरु २ भन्दा धेरै भए र कारण पत्ता लाग्न सकेन भने त्यसलाई Epilepsy भनिन्छ l अर्थात् प्रतेक पटक होस गुमेर ढल्ने, शरीरमा झट्का परेको जस्तो हुने, शरीर कस्सिने, मुर्छा पर्ने, झस्कने आदि प्रक्रियालाई seizure activity भनिन्छ र त्यस्तो प्रक्रिया बारम्बार भएमा epilepsy भनिन्छ l

३. Seizure का प्रकार के के हुन?
-- सामान्यतय Seizure लाई दुई भागमा बाढ्न सकिन्छ l Focal Seizure वा partial seizure (दिमागको केहि सानो भागहरुमा मात्र हुने) र Generalized Seizure (दिमागको लगभग सबै भागमा हुने) l
-- सर्बसाधारणलाई यी प्रकार छुट्याउन निकै गार्हो पर्छ तर रोगको उत्पति र उपचार गराउने प्रक्रियाको लागि डाक्टरलाई seizure को प्रकार आवस्येक पर्छ l त्यसैले यदि seizure घरमा कसैलाई हुने गर्छ भने video record गर्न सल्लाह दिन्छु l

४. Absence (petit mal) seizure कस्तो हुन्छ ?
-- Video मा सानो बच्चीलाई यो खाले seizure भएको देखाईएको छ l यस्तो seizure भएको बालबालिका कक्षा कोठामा छन् भने १०-३० सेकण्डसम्म आँखा मात्र झिम्काएर टोलाएर बस्ने र त्यो समय अबधिमा के भयो केहि थाह नपाउने हुन्छ l कति पटक मास्टरहरु यस्ता बिद्यार्थीहरु पढाईमा ध्यान दिन नखोजेको, कक्षाको क्रियाकलापमा सहभागी हुन नसकेको ठान्दछन् l यो प्राय बालबच्चामा हुने भए पनि ठुलामा पनि यस्तो देखिन्छ l यस्तो seizure सामान्य टोलाउने जस्तै हुने गर्छ l फरक छुट्याउनको लागि seizure भैराखेको बेलामा (video मा देखाए जस्तै) नजिकै गएर बोलाउने र हल्लाउने गर्दा पनि उसले होस पाउंदैन l

५. के बच्चा हुँदा भएको seizure पछि सम्म पनि फर्की रहन्छ ?
-- बालकमा खासगरी ६ बर्ष अघिको उमेर भएकाहरुमा ज्वरोको कारण वा बिभिन्न कारणले दिमागमा असर भै seizure हुने गर्छ l प्राय यस्तो बालककालमा भएका केहि seizure हरु फर्किए आउँदैन l तर बंशानुगतका कारण वा अन्य दिमागका दिर्घकालिन समस्या कारण भएको र ६ बर्ष पछि पनि धेरै पटक भै राखेको भए यो पछि पनि फर्किएर आउने धेरै सम्भावना छ l

६. के seizure को औषधि जिन्दगिभर खानु पर्छ ?
-- व्यक्ति अनुसार seizure हरु फरक हुने गर्छन् त्यसैले औषधि जिन्दगिभर खानु पर्छ या पर्दैन भन्ने कुरा तपाईंलाई हेरीराखेको डाक्टर (neurologist) ले मात्र भन्न सक्छन् l सामान्यतय ठुलो हुँदा पनि बारम्बार (१ सालमा २ भन्दा बढी) seizure भएको छ भने जीवनभर औषधि लिनुपर्छ l Seizure को औषधि आफैंले देखाएको डाक्टरको सल्लाह बिना कहिल्यै पनि रोक्ने वा पर्बर्तन गर्नु हुँदैनl DO NOT STOP OR CHANGE MEDICATION WITHOUT YOUR DOCTOR'S APPROVAL. आँफु खुसि औषधि रोक्दा वा तपाईंको पहिलेदेखिको अवस्था नबुझेकोसंग सल्लाहमा औषधि परिबर्तन गर्दा ज्यानै पनि जान सक्छ l

७. मैले औषधि नियमित खाने गर्छु तर पनि seizure भै राख्छ के गर्नु पर्ला ?
-- यस्तो बेलामा seizure हुने बित्तिकै डाक्टर (neurologist) को मा जंचाउन जानु पर्छ l
-- तपाईंले खाएको औषधिको मात्रा रगतमा ठिक मात्रामा छ छैन भनेर जाँच्नु पर्छ l लक्षणमा आएको फरकपन, उमेर र शरीरको तौल अनुसार औषधिको मात्रा बढाउने, अर्को थप्ने वा seizure भएको बेलामा खाने अर्को औषधि थप्नु पर्ने हुन सक्छ l

८. के यो औषधि बिना अन्य कुनै उपाय छैन ?
-- कसै कसैलाई औषधिले उपचार गर्न सकिएन र seizure उत्पत्ती भएको दिमागको भाग पत्ता लगाउन सकियो भने (माथि भनेको Focal Seizure वा partial seizure) भएको खण्डमा दिमागको अपरेशन गरेर यसलाई निको पार्न पनि सकिन्छ l यो अपरेशन निकै खर्चिलो र निकै अप्ठ्यारो हुने हुँदा सबै देशमा (वा सबै ठाउँमा) यसको उपलब्ध नहुन सक्छ l
-- अर्को उपाय भनेको VNS implant हो l छातीको माथिल्लो भागमा सानो उपकरण (चुरोटको बट्टाको लगभग आधा साइजको electrical generator) छाला मुनि राखिन्छ र त्यस generator बाट गएको तारलाई घाँटी नजिक लगेर vagus nerve मा लगेर बेरिन्छ l यो अपरेशन निकै सजिलो, १ घन्टामै सकिने र उही दिन घरमा जान सकिने खालको हुन्छ l जिन्दगिभर औषधि खानु पर्ने र हस्पिटल दौडधुपको हिसाब गर्दा यो निकै सस्तो पर्न आँउछ l यो बिधि नेपालमा सजिलै उपलब्ध छ छैन मलाई थाह भएन l बिदेशमा खासगरी पश्चिमा मुलुकमा बाहिर क्लिनिक्मै यस्तो अपरेशन गरिन्छ l यो VNS implant ले लगभग ३३% लाई पूर्ण रुपमा seizure बन्द गरिदिन्छ, अर्को ३३% लाई १-२ खाले औषधि पनि साथमा लिनु पर्ने हुन्छ तर seizure बन्द हुन्छ l तर अर्को ३३% लाई यसले पूर्ण रुपमा काम गर्दैन l यो विधिको राम्रो कुरा के भन्दा यदि कसैलाई seizure संगै डिप्रेसन पनि भएको छ भने डिप्रेसन केहि मात्रामा भएपनि हल्का गरिदिन्छ l

९. यदि कसैलाई आँफु अगाडी seizure भएर मुर्छा परेर ढलेको देखे के गर्ने ?
-- पहिलो: व्यक्तिलाई सुरक्षित ठाउँमा राख्ने, seizure का कारण टाउको झट्कीएर ढुंगामा वा रोडमा टाउको ठोकिएको छ भने तानेर चौरमा वा नरम ठाउँमा सार्ने l त्यसो गर्न नसके झोला, कपडा, सिरानी वा कुनै नरम सामान टाउको मुनि राखिदिने l
-- दोश्रो: उसलाई एकापट्टि फर्काएर राख्ने, घोप्टो वा उत्तानो नराख्ने l यसले गर्दा मुखमा भएको रियाल वा खाइरहेको कुरा वा भुँडीबाट निस्केको कुरा फोक्सोमा जाँदैन, बाहिर निस्कन्छ l
-- तेस्रो: शान्त भएर नआत्तिकन बिरामीसंगै बस्ने l कति (सेकेन्ड/मिनेट) समय त्यस्तो seizure भयो ख्याल गर्ने l सहयोग गर्ने भन्दा रमिते भएर बस्ने छन् भने उनीहरुलाई त्यहाँबाट हटाउने l
-- चौंथो: प्राय १ मिनेटमा वा बढीमा ३-४ मिनेटमै seizure रोकिन्छ l यदि ५ मिनेट भन्दा पनि धेरै यस्तो भयो भने तुरुन्त नजिकैको हस्पिटलमा लैजाने l
-- पाँचौं: Seizure लगत्तै शरीर निकै थकित हुने गर्छ l केहिबेर बिरामी निदाउन पनि सक्छ l ऊ उठेपछि उसले औषधि खाएको वा नखाएको सोध्नुस् र नखाएको भय खान लगाउनुस वा हस्पिटलमा लैजानुस l

१०. छारे रोगलाई गनाएको मोजा सुँगाउँदा जुरुक्क उठेको देखेको छु l के यसो गर्दा काम गर्छ ?
-- Seizure धेरैलाई ३० सेकण्ड देखि १ मिनेटसम्म हुने गर्छ l त्यसपछि बिरामी थकित भएका कारण निदाएको हुन्छ र अर्धचेत अवस्थामा भएको हुन्छ l जसरी हामी सुतेको बेलामा हाम्रो नाकमै ल्याएर गनाएको कुरा सुँगाउँदा उठ्छौं, उनीहरु पनि त्यसरी नै उठेका हुन l गनाएको मोजा सुँगाउँदा सन्चो भएको होइन l
-------------------------
@Talk2Kalyan
-------------------------

New Nepali Movie Super Hit Songs Collection 2018.

No:1 Nepali Movie Bir Bikram.2

NO:2 Nepali Movie Saaili Naacha Maya


NO:3 Nepali Movie Nai Nabhannu La 5


NO:4 Nepali Movie Baadshah Jutt


NO:5 Nepali Movie Breakup


NO:6 Nepali Movie Captian


NO:7 Nepali Movie Intu Mintu London Ma


NO:8 Nepali Movie Intu Mintu London Ma

BANMA KAFAL(BABA) | SAMIKSHYA ADHIKARI | BASANTA SAPKOTA | NEW NEPALI SONG 2018

 
BANMA KAFAL(BABA) | SAMIKSHYA ADHIKARI | BASANTA SAPKOTA | NEW NEPALI SONG 2018
Original Credit:
Song : Baba-Banma Kafal
Lyrics : Dinesh Thapaliya
Music : Basanta Sapkota
Singer : Samikshya Adhikari
Arrange : Sahas Shakya
Mix/Master : Prakash Mishra

DOP : Sudip Baral
Edit : @rjun Pokhrel
Color : Prakash Neupane
Ass. Director : Prava Acharya
Director : Saroj Oli
Post Production : Shubha Media Home

Monday 7 January 2019

तोखा नगरपालिका ०१ झोर महाकाल, फुलबारीमा दिनको 1 बजे चोरी गरि भागेको अवस्थामा स्थाननियले समाउन सफल भाएका छन हेर्नुस यो चोर ले केके चोरेको छ !!!

तोखा नगरपालिका ०१ झोर महाकाल, फुलबारीमा दिनको 1 बजे चोरी गरि भागेको अवस्थामा स्थाननियले समाउन सफल भाएका छन हेर्नुस यो चोर ले केके चोरेको छ !!!

Wednesday 26 December 2018

अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा (lyrics)


अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा बल्झेछ क्यारे सिमलको काँडा कलिलो खुट्टामा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा आउँथ्यो कि चेली भनेर आमा दोबाटो धाई की तीजमा पनि बिर्सिछ क्यारे गरिब माईती सल्ला झैं आमा... सुसाई रहिन् एक्लै कोठामा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा छोरीलाई आषिस थाप्न पाईन अन्तिम कालैमा भन्थेनी बाबाले आँशु झारी टिकाको थालीमा त्यहि आँशु टिका... पठाईदिऊँ कि सालको पातमा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा भन्थेनी दाईले भाईटिकामा बहिनी फर्केला क्षितिजमा जस्तै निधारमा हाम्रो इन्द्रेणी लर्केला दिनभरी काग... कराई रह्यो बेलको ठुटामा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा बल्झेछ क्यारे सिमलको काँडा कलिलो खुट्टामा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा

Monday 24 December 2018

प्यारी छोरी एन्जल श्रेष्ठको सुर्यदर्शन

हाम्री प्यारी छोरी एन्जल श्रेष्ठको सुर्यदर्शन


नेवारी समाजमा सुर्यदर्शनलाई महिलाको सुर्यदेवसंगको बिबाहको रुपमा मानिन्छ । नेवारी समाजमा पहिलो बिवाह बेलसंग, दोस्रो बिबाह सुर्यसंग गरिने भएकोले लोग्ने मरे पनि विधवा हुनु पर्दैन भन्ने परम्परा रही आएको छ । सुर्यदर्शन महिलाको पहिलोपटक महिनावारी चक्र सुरु हुनु अगावै सम्पन्न गरिन्छ । सुर्य दर्शन पुजाको दौरान महिलालाई आफ्नो दुवै हातका औंलाहरू क्रस गराई सानो प्वालबाट सुर्यको दर्शन गराइन्छ बैज्ञानिक तथ्य अनुसार १५ मिनेट सुर्य दर्शन गर्नाले मानसिक तनावहरु कम भइ आत्मविश्वास बढ्ने गर्दछ । यसले दिमागबाट अनावश्यक सोचाई, अनुभूतिहरुलाई हटाएर आनन्द र परमानन्दको अनुभूति गराउँछ । यसले मानिसभित्र रहेको दिक्क लाग्दो स्वभावलाई उत्साही र प्रबल बनाई निर्णय क्षमता वृद्धि गर्ने गर्दछ । सुर्य दर्शन गर्नाले मानिसको दिमागलाई उर्जावान, आनन्दित, शान्त र एकत्रित बनाउन सहयोग गर्दछ । साथै शरीरमा सकारात्मक उर्जाहरु थपेर स्वस्थ रहन सहयोग गर्दछ ।

Mujhe Teri Aakho Ki Gahiraai Main Dubne De (Hindi And Nepali Mix Version).

Tuesday 11 December 2018

मलेसियन प्रहरीले अवैधानिक बनाइदिँदा ठगिए अश्लम (भिडियाेसहित)

मलेसियन प्रहरीले अवैधानिक बनाइदिँदा ठगिए अश्लम (भिडियाेसहित)

  मंसिर २५, २०७५ मंगलबार १३:१:६ | सन्जिता देवकोटा
मलेसियामा अहिले संगठित रुपले नेपाली कामदार ठगिन थालेका छन् । मलेसियामा गर्दागर्दैको काम छुटाएर कामदारलाई अबैधानिक बनाइदिने, अबैधानिक भएपछि कामदारलाई अन्त काम लगाइदिने, अनि मलेयिसाको प्रहरीलाई प्रभावमा पारेर आफैंले अबैधानिक बनाइसकेको कामदारलाई पक्राउ गराइदिने र पक्राउ परेको कामदारलाई नेपाल पठाउने नाममा नेपाली दूतावासको नाम प्रयोग गरी कामदारको परिवारलाई नेपालमा ठग्ने संगठित धन्दा गर्ने गिरोहको फन्दामा अहिलेसम्म दर्जनभन्दा धेरै परिवार परिसकेका छन् ।
यसरी फन्दामा परेका चार परिवारको कथाव्यथाको श्रृंखला हो 'मलेसियामा कामदार फसाउँदै नेपालमा परिवार लुट्दै'। यो श्रृंखलामा आज प्रस्तुत छ रौतहटका इनुस मिया कवारी र अश्लम मिया कवारी लुटिएको कथा । 
काठमाडौं –  ८ अक्टोबर  २०१८ अर्थात गएकाे असोज २२ का दिन रौतहटका इनुस मिया कवारीको फोनमा अत्याउने घण्टी बज्यो । फोन २ वर्षअघि कमाउन मलेसिया गएका दाइका छोरा अश्लम मिया कवारीको थियो । 
अश्लमले फोनमा जम्माजम्मी एक मिनेट बोले । अघिपछि जस्तो सन्चोबिसन्चो पनि सोधपुछ भएन । आफू जेलमा भएको र घर फर्किन २० हजार रुपैयाँ पठाइदिनु मात्र भन्न भ्याए अश्लमले ।
‘राम्रोसँग कमाइ गरिरहेको छोरालाई के भयो र पैसा माग्न फोन गर्‍यो’ – फोन काटिएपछि इनुसको मनमा शंङका र डरको हुरी चल्यो । 
९ अक्टोबरका दिन अश्लमको खबरसहित फेरि मलेसियाबाट फोन आयो । ‘अश्लम बिरामी छ, सकेसम्म छिटो पैसा हालिदिनु’ फोन गर्ने व्यक्तिले भने । इनुसले दायाँबाया सोच्नुभएन । गाउँमा ऋण माग्नुभयो । भोलिपल्टै उदयपुरका सुमन लिम्बुको नाममा २० हजार रुपैयाँ जम्मा गरि दिनुभयो । 
उहाँले नेपालमा पैसा दिएपछि बिरामी भएका अश्लमलाई अस्पताल पुर्‍याइदिने बताएका थिए फोन गर्ने व्यक्तिले ।  तर २० हजार पठाएपछि फेरि अर्को समस्यामा सुनाए ।
‘अश्लमले मलेसियामा मोबाइल चोरेको छ, उसलाई जेल सजाय हुन्छ, यतै मर्न पनि सक्छ,’ फोन गर्ने व्यक्तिले अश्लमको अर्को खबर सुनाए । इनुसले फोन गर्नेको माग बमोजिम थप २ लाख ५२ हजार रुपैयाँ पठाइदिए । अश्लमलाई जेल सजायबाट बचाइदिने अर्को आश्वासन दिए ती व्यक्तिले । 
‘मेरो त केही छैन आम्दानी, त्यतिको पैसा कहाँबाट ल्याउने, यसै त साहुले पनि पैसा पत्याएनन, ८ कठ्ठा जग्गा धितो राखेर पैसा निकालेर पठाएको हुँ, छोराको ज्यान भन्दा त पैसा ठूलो हैन,’ इनुसले २ लाख ५२ हजार रुपैयाँ पैसा उनै सुमन लिम्बुलाई पठाइदिए । 
फोन गर्ने व्यक्ति को हुन, इनुसलाई थाहा थिएन । नेपाली हुँ र मलेसियामा समस्यामा परेका नेपाली दाजुभाइलाई सहयोग गर्छु भनेका थिए । उनले गर्ने काम, नाम र ठेगानामा भन्दा बढी विश्वास इनुसलाई एक नेपालीमाथि थियो । किनकी उनी नेपाली थिए र नेपालीमै बोलेका थिए । रातीको १० बजे फोन आउँथ्यो प्रायः उनको । 
‘अश्लमलाई जेलमा खान दिएको छैन, कुटिरहेको छ, सिकिस्त बिरामी छ, यतै मर्न सक्छ, वर्षौको जेल सजाय पनि हुन्छ,’ यस्तै डरलाग्दा खबर सुनाउँदै पैसा मागिरहे उनले ।
पैसा नपठाउँ छोराको ज्यानको सवाल छ । पैसा पठाउँ घरमा गाँसको अभाव छ । जग्गा धितो राखेर इसुनले तीन पटकमा २ लाख ५२ हजार रुपैयाँ सुमन लिम्बुको नाममा पठाउनुभयो । यति पैसा पठाइसकेपछि १५ नोभेम्बरमा अश्लम फर्किने मिति दिए । 

काठमाडौं आएपछि ठगिएको थाहा पाएँ

नोभेम्बर १५ तारिख, रातको १० बजे अश्लम त्रिभुवन विमानस्थलमा ओर्लनुभयो । विमानस्थलबाट बाहिरिंदा रातीको ११ बजिसकेकाले त्यो दिन घरमा फोन गर्नुभएन । 
भोलिपल्ट अश्लमले आफू फर्किएको खबर सुनाउन काकालाई फोन गर्नुभयो । अश्लमले फोन गरेपछि इनुसले बेलिविस्तार लगाउनुभयो । 
मलेसियामा जेल परेका अश्लमलाई लेङगेङ क्याम्पमा ल्याएपछि दूतावासबाट बोलेको हुँ भन्दै एक जनाले फोन गरेका थिए । उनैले घर फर्किंन २० हजार लाग्छ भनेपछि काका इसुनलाई त्यही पैसा दिन भन्नुभएको थियो । तर त्यसपछि अश्लमको न काकासँग कुरा भयो, न त दूतावासबाट बोलेको हुँ भन्दै फोन गर्ने व्यक्तिसँग । 
‘म जेलमा र घरफिर्ती केन्द्रमा छँदा त्यत्रो पैसा लुटेको त मैले यहाँ आएपछि पो थाहा पाएँ’ अश्लम भन्नुुहुन्छ ।

 प्रहरी र अदालतले मलाई अवैधानिक बनाइदिए 

दुई वर्षअघि ११ अगष्ट २०१६ मा मलेसिया पुगेका अश्लमको परदेश बसाई ठीकठाक चलिरहेको थियो । सप्लाई कम्पनीमा पर्नुभएको थियो । मलेसियाका थुप्रै रेष्टुरेन्टमा काम गर्नुभयो । काम फेरिए पनि कम्पनी फेरिंदैन थियो । मलेसियाको जलान कार्ड (परिचयपत्र) एउटै कम्पनीकै नाममा हुन्थ्यो । 
अश्लमको जलान कार्डको म्याद आठ दिन बाँकी थियो । कम्पनीले एक महिना अघिदेखि नै कार्ड बनाउन पठाएको बताइरहेको थियो । म्याद सकिने दिनसम्ममा नयाँ कार्ड हात पर्नेमा ढुक्क हुनुहुन्थ्यो, अश्लम । तर कार्डको म्याद आठ दिन बाँकी छँदै उहाँ प्रहरीको फन्दामा पर्नुभयो । 
गएको अगष्ट ३ तारिखका दिन कम्पनीमै हुनुहुन्थ्यो, अश्लम । छापा मार्न एक हुल प्रहरी कम्पनीमा छिरे । जलान कार्ड मागे । दिनुभयो अश्लमले । त्यसपछि पासपोर्ट मागे । पासपोर्ट त साहुसँग छ भन्नुभयो । 
‘प्रहरीले मेरो म्याद भएको जलान कार्ड पनि भाँचेर फालिदियो, मलाई हतकडी लगाइहाल्यो, बोल्नै दिएन ’ अश्लमले त्यो क्षण सम्झनुभयो । 
पक्राउ गरेको दिन अर्थात अगष्ट ३ मा नजिकैको प्रहरी चौकीमा राखे अश्लमलाई । बेलुका कम्पनीका साहुलाई फोन गरेर बेलिबिस्तार लगाउनुभयो । साहुले भोलि आउँछु भनेर फोन राखिदिए । 
पासपोर्ट लिएर भोलि आउँछु भनेका साहुले भोलिपल्ट फोन उठाएनन् । ‘मेरो जलान कार्डको म्याद थियो, त्यो उसैले भाँचिदियो, अब मसँग पासपोर्ट थिएन, तँ इलिगल भएर हाम्रो देशमा काम गर्ने भन्दै कुट्न पो थाल्यो मलाई !’ अश्लमले पराइ देशमा आइलागेको आपत सुनाउनुभयो । 
कम्पनीका साहु आएनन् । अवैधानिक भएर काम गरेको नस्वीकार्दा प्रहरीले खुबै यातना दिए । ‘बोसलाई कति कुरें, आएन, पछि एकपटक फोन उठाएको थियो, मेरो कम्पनीमा त्यो मान्छे छैन भनिदिएछ,’ अश्लमले गुनासो गर्दै भन्नुभयो । 
उहाँको ०९०८०२५२ पासपोर्ट नम्बर हो । तर प्रहरी चौकीमा ०९०८०८५२ लेखिदिए । ‘एउटा नम्बर उल्टो पारेर मलाई जबरजस्ती अबैधानिक बनाइदिए,’ अश्लमले भन्नुभयो । 
उहाँले १० अक्टोबर २०१६ मा श्रम स्वीकृति लिनुभएको छ । तीन वर्षको करार अवधि छ । श्रम स्वीकृति लिएको आधारमा त अश्लमको करार अवधि नै एक वर्ष बाँकी हुन्छ । उहाँले कम्पनी पनि परिवर्तन गर्नुभएको थिएन । तर अवैधानिक भन्दै उहाँलाई तीन महिना जेल सजाय तोकियो । 
बिना गल्ती जेल सजाय खेप्नुपर्दा मन गलेको थियो, अश्लमको । नियम मानेरै काम गर्दा पनि जबरजस्ती अवैधानिक बनाइदिने प्रहरी र त्यहाँको अदालतसँग निकै रीस उठेको थियो । 
तर जेलको ढोका पार गरेपछि त्यहाँका प्रहरीले उल्टो उहाँमाथि नै रीस पोखे । ‘लुगा च्यातिदिएर नाङ्गो छातीमा डङ्डङ् लात्तीले हान्ने, गुप्ताङ्, टाउको र छातीमा हो उनीहरुले धेरै कुट्ने, हाम्रो दुखाई बुझिदिने कोही हुँदैन, चोरेर काम गर्ने भन्दै कुटे’ जेलमा प्रहरीले लात्तीले हान्दा भएको घाउ सहित पाकेको औंला देखाउँदा अश्लमको अनुहारमा डरका रेखा दौडिए ।
जेलभित्र प्रवेश गरेदेखि शुरु भएको सास्ती र पीडा त्रिभुवन विमानस्थलमा ओर्लंदासम्म खेप्नु पर्‍यो । २८ वर्षका अश्लमले जेल र घरफिर्ती केन्द्रमा अनेकौंं सास्ती सहनु प¥यो । अहिले पनि उहाँको शरीरभरी पाकेका फोकाहरु र घाउ खाटा बसेका दागहरु छन् ! 
शरीरका यी घाउ त बिस्तारै निको होलान्, तर जीवनमा आइलागेको आपत कसरी निको पार्ने भनेर अश्लम बाटो खोजिरहनुभएको छ । तीन महिनाको जेल सजाय सकिएपछि अश्लमलाई लेङगेङ घर फिर्ती केन्द्रमा ल्याइयो । जेलभन्दा बढी सजाय त्यहाँ भोग्न पर्‍यो उहाँले । 
‘एउटै रुममा ८०/९० जना राख्ने रहेछ, खानेकुरा पनि अति थोरै दिने, त्यो पनि हाम्रो गाउँमा त त्यस्तो खानेकुरा गोरुलाई पनि दिँदैनन्, तेल र नमक बिनाको माछा र ठूलाठूला सिता भात हुन्थ्यो, त्यो खाएपछि बिरामी हुने, दिमाग त लट्ठै हुने,’ अश्लमले सुनाउनुभयो । 
जेल र घर फिर्ती केन्द्रमा झण्डै चार महिना बस्दा उहाँ तीन पटक सिकिस्त बिरामी पर्नुभयो । तर उपचार पाउनुभएन । नुहाउन नपाउँदा शरीरभरी फोका आयो । 
‘त्यहाँको खानेकुरा खायो कि लट्ठिने, म त सधैँको बिरामी भएर बसें त्यहाँ, अहिले पनि झुम्म भइरहन्छ,’ अश्लमले भन्नुभयो । 

घरफिर्ती केन्द्रबाट सुरु भयो ठगी

लेङगेङ घर फिर्ती केन्द्रमा आएको एक हप्तापछि उहाँलाई एउटा फारम भर्ना लगाइयो । फारममा उहाँले घरको ठेगाना र सम्पर्क नम्बर सबै लेख्नुभयो । भोलिपल्ट प्रहरीले तिम्रो दूतावासको फोन आएको छ भन्दै बोलाए । घर जान पाइने आश लिएर अश्लमले फोनको रिसिभर समात्नुभयो । 
अश्लम अब घर जाने हैन त ? 
जाने हो नि, म त बिरामी भइराको छु, छिट्टै पठाइदिनुस् हजुर,’ अश्लमले हतारहतार आफ्नो अवस्थाबारे बताउनुभयो ।
‘तिमीलाई घर जान ४० हजार चाहिन्छ,’ उताबाट भने । 
‘मसँग त त्यत्रो पैसा छैन, २० हजार भए चाहिँ म घरबाट मगाउँछु,’ अश्लमले जवाफ दिनुभयो । 
उहाँले एक हप्ताअघि फारममा लेखेको काकाको नम्बरमा ८ अक्टोबरका दिन प्रहरीले फोन लगाइदिए । 
‘काकालाई २० हजार पठाइदिनु भने, त्यसपछि ति व्यक्तिले काकालाई फोन गरेर के के सुनाउँदै पैसा लिएछन्, म त छक्क परेँ काकाको कुरा सुन्दा,’ अश्लम सुनाउनुहुन्छ । अश्लम फर्किएपछि मात्रै दुवैले ठगी भएको थाहा पाए ।

ऋण सम्झिएर निद्रा पर्दैन

काका इसुनले नै अश्लमलाई मलेसिया पठाउनुभएको थियो । अश्लमका बुवाको मृत्यु भएपछि काका इसुनले नै अश्लमलाई सुखदुःखमा साथ दिइरहनुभएको छ । ‘उसको बुवाआमा मै हुँ, मैले नै सबै गरिरहेको थिएँ, त्यसैले उसको ज्यान बचाउन मैले ऋण खोजेर भए पनि पैसा पठाएँ,’ इसुन भन्नुहुन्छ ।
इसुनले एक बाबु भएर आफ्नो जिम्मेवारी पूरा गर्नुभयो । अश्लम पनि मलेसियाबाट फर्किनुभयो । मृत्युको मुखमा पुगेको छ भनिएको छोरालाई आँखा अगाडि देखेपछि एउटा अत्यास त सकियो । तर ऋण तिर्ने कसरी ? इसुनको भोक निद्रा हराएको छ । 
जेल र घरफिर्ती केन्द्रमा पाएको सास्तीले अश्लम अहिले पनि बिरामी नै छन् । अश्लमको अवस्था थाहा पाएपछि साहुले धितो राखेको जग्गा आफूलाई बेच्न दवाव दिइरहेका छन् । ‘गरिबलाई लुट्यो हजुर ऋणको चिन्ताले निद्रा र भोक हराइसक्यो, रातभरी निन्द्रा लाग्दैन,’ इसुन मसिनो स्वरमा भन्नुहुन्छ ।
नेपाली बोल्ने ती व्यक्तिलाई बन्द आँखाले विश्वास गरेकोमा उहाँ पछुतो मान्नुहुन्छ । ‘नेपाली भएर गरिब नेपालीलाई ठग्यो हजुर, मैले त नेपाली जति सच्चा आद्मी अरु हुँ दैनन् भनेर विश्वास गरेको थिएँ, उसले मेरो बहिनी हो भन्दै केटी मान्छेसँग पनि कुरा गरायो, केटी मान्छेले पनि झुटो बाल्छ भनेर मैले के जानु र अल्लाह जानुन्,’ इसुन भगवान पुर्कानुहुन्छ । 
अन्तिम अपडेट: मंसिर २५, २०७५